काठमाडौं, माघ २९ । नेपाल प्रहरीका नवनियुक्त आईजीपी ठाकुर ज्ञवालीले दर्ज्यानी चिह्न लगाएका छन।
ज्ञवालीलाई गृह सचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिह्न लगाइदिएका हुन। नवनियुक्त आईजीपीलाई गृह सचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ।
३० बर्षे सेवा हदका कारण सर्वेन्द्र खनालले मंगलबार अवकाश प्राप्त गरेपछि मन्त्रीपरिषद बैठकले ज्ञवालीलाई महानिरीक्षकमा नियुक्त गरेको थियो।
Facebook Comments


























