काठमाडौँ, माघ २७ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबार बस्दैछ। बैठक दिउँसो एक बजेपछि केन्द्रीय कार्यालय सानेपामा सुरु हुने नेपाली कांग्रेसले जनाएको छ।
बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेता विजयकुमार गच्छदारसहितलाई मुद्दा चलाएपछि कांग्रेसले संसदमा त्यसको विरोध गरिरहेको छ।
यस्तै कांग्रेसका भातृसंगठनहरुले सडकमा अख्तियारले सत्तारुढ नेकपाका नेतालाई चोख्याउने गरी पक्षपाती रुपमा मुद्दा चलाएको भन्दै विरोध प्रदर्शन गरिरहेका छन्।
यो परिवेशमा बस्न लागेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अर्थपूर्ण हुने जनाइएको छ। बैठकमा यहि विषयमा प्रमुखताका साथ छलफल हुने सम्भावना रहेको छ।
Facebook Comments


























