काठमाडौं, माघ २६ । विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर नेपालले ब्याटिङ गरिरहेको छ। सुरुवातमा ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ।
पहिलो विकेटको रुपमा नेपालले ओपनर सुवास खकुरेललाई २२ रनमा गुमाएको हो। मोहमद नदीमको बलमा सुवास एल्बीडब्लुको शिकार भए।
सुवासले पहिलो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्लसँग ४८ रनको साझेदारी गरे ।
Facebook Comments

























