काठमाण्डौं, माघ २६। शनिबार स्थगित बनेको मनाङ मरस्याङ्दी र न्युरोड टिम (एनआरटी) आईतबार हुदैछ।
खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १ बजे राखिएको छ। खराब मैदानका कारण शनिबार एपीएफको हल्चोक मैदानमा तय खेल अन्तिम समयमा सारिएको थियो।
एन्फाले प्राविधिक कारणले सरेको खेल आईतबार दिउँसो १ बजे एन्फा कम्प्लेक्समै गर्ने निर्णय गर्दै लिगको नयाँ खेल तालिका सार्वजनीक गरेको थियो।
अन्तिम खेलमा च्यासलसँग पराजित भएको मनाङले आफुलाई उपाधि होडबाट बाहिर राखिसकेको छ। च्यासलसँगको एक मात्रै हारले मनाङ उपाधि होडबाट बाहिर भएको हो।
लिगको ११ औं चरणमा मनाङले न्युरोड टिम एनआरटीको सामना गर्दैछ।
उपाधि होडबाट बाहिरिसकेको मनाङ एनआरटीलाई पराजित गर्दै दोस्रो स्थानको लागि खेल्नेछ। लिगको छैठौ जितले मनाङ पुनः तेस्रो स्थानमा उक्लने छ।
Facebook Comments

























