काठमाण्डौं, माघ २१ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा केही विधेयकहरु पेश गर्ने संभावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ।
महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ज्येष्ठ नागरिक (पहिलो संसोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन र शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले परमाणवीक विधेयक सम्बन्धी समितिको प्रतिवेदन बैठकमा पेश गर्ने कार्यसूची छ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पनि केही विधेयकहरु आजको बैठकमा प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ। सार्वजनिक ऋण व्यवस्थापन विधेयक, बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संसोधन) विधेयक, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक र धितोपत्र सम्बन्धी पहिलो संसोधन विधेयक पेश गरिने संसद सचिवालयका निमित्त महासचिव गोपालनाथ योगीले जानकारी दिए।
Facebook Comments


























