काठमाण्डौं, माघ १९ । नेकपा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमा उल्लेखित ‘इण्डो प्यासिफिक रणनीति अमेरिकाले चीनलाई घेर्न ल्याएको’ भन्ने शब्द फिर्ता लिएका छन्।
राजनीतिक प्रतिवेदनमा उल्लेखित सो शब्दप्रति गोकुल बास्कोका, विष्णु रिमाललगायत प्रधानमन्त्री ओली पक्षधर नेताहरुले असहमति जनाउँदै यसले असंलग्न कुटनीतिमा असर गर्ने बताएका थिए।
समूह १ का टोली नेता आनन्द पोखरेललगायत धेरै समूहका नेताले सो शब्द राख्न आवश्यक नरहेको निष्कर्ष सुनाएपछि प्रचण्डले आइतवार जवाफ दिने क्रममा सो शब्द हटाएर दस्तावेज प्रकाशन हुने बताएका हुन्।
Facebook Comments