काठमाण्डौं, माघ १९ । अमेरिकाबाट प्राप्त हुने अनुदान सहयोग अन्तर्गत मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँग भएको सहयोगको सन्दर्भमा भएको विवादका विषयमा सहमति खोज्न सत्तारुढ नेकपाले ३ सदस्यीय समिति गठन गरेको छ।
आइतबार दिउँसो बसेको नेकपा सचिवालय बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको हो।
समितिको सदस्यहरुमा भीम रावल र प्रदीप ज्ञवाली छन्। प्रधानमन्त्रीको प्रेस सल्लाहकार तथा नेकपाको प्रचार विभाग उपप्रमुख सूर्य थापाले आइतबारको सचिवालय बैठकले एमसीसीबारे सहमति खोज्न ३ सदस्यीय समिति गठन भएको जानकारी दिए।
उक्त समितिलाई एमसीसीका विषयमा सहमति खोज्न १० दिनको समयसीमा तोकिएको थापाले जानकारी दिए। १० दिनको समयमा समितिले एमसीसीबारे जारी विवादको समाधानका पार्टी भित्र छलफल गर्ने र सुझाव संकलन गर्ने छ।
सचिवालय बैठक सकिएसँगै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जारी केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिन शुरु गरेका छन्।