काठमाण्डौं, माघ १९ । आइतबार बिहान ११ बजे राष्ट्रिय सभाको बैठक बस्दैछ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विभिन्न प्रतिवेदन तथा विद्येयक प्रस्ताव प्रस्तुत गरिँदैछ।
प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन विधेयक, २०७६) माथि विचार गरियोस्ु भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
यस्तै, सञ्चार तथा सुचना प्रविधीमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ुनेपाल मिडिया काउन्सिल विद्येयक, २०७५ छलफल गरी पारित गरियोस्ु भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन्।
विधायन ब्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन), २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने संसद सचिवालयले जनाएको छ।
Facebook Comments