काठमाण्डौं, माघ १३ । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेकी छन्। आइतबार सभामुखमा निर्वाचित सापकोटालाई भेट्न राजदूत यान्छी सोमबार दिउँसो सिंहदरबार पुगेकी हुन।
सोमबार मात्रै सभामुखको सथपग्रहण गर्नुभएका सापकोटालाई भेट्न सिंहदरबार पुगेकी राजदूत यान्छीले सापकोटासँग करिब आधाघण्टा कुराकानी गरिन्। राजदूत यान्छीले सभामुख सापकोटालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिइन्।
नवनियुक्त सभामुख सापकोटालाई भेटेरै शुभकामना दिने चिनियाँ राजदूत यान्छी नेपालस्थित कूटनीतिक नियोगको पहिलो व्यक्ति हुन। सापकोटाले सोमबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथग्रहण गरेका थिए।
Facebook Comments