काठमाण्डौं, माघ १३ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सोमबार भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ।
पुलिसले अर्को विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १–० ले पराजित गरेको हो। पुलिसको जितमा भोला सिलवालले गरेको गोल नै निर्णायक बन्यो। सिलवालले १३ औँ मिनेटमा गोल गरेका हुन्।
जितपछि ९ खेलबाट १४ अंक जोडेको पुलिस क्लब पाँचौँ स्थानमा उक्लेको छ।
Facebook Comments