काठमाण्डौं, माघ ९। विवाद अन्त्यका लागि कांग्रेस शीर्ष नेताहरु छलफलमा जुटेका छन् । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच समझदारी निकाल्न छलफल भएको हो। अहिले कुनै विषयमा सहमति नभएपनि छलफल रहेको पौडेल समूहले जानकारी दिएको छ।
भोलि पुनः सहमतिका लागि प्रयास गर्न दुबै शीर्ष नेताहरु सकारात्मक रहेको बताइएको छ। यसअघि, हिजो सभापति देउवा र वरिष्ठ नेता पौडेल लगायत असन्तुष्ट पक्षका नेताहरुबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्ने विषयमा छलफल भएको थियो।
पौडेलसँगै पार्टीका महामन्त्री प्रकाशमान सिंह र नेता कृष्ण प्रसाद सिटौला छलफलका लागि बुढानिलकण्ठ पुगेका थिए। छलफलमा उपसभापति विमलेन्द्र निधि पनि सहभागि थिए। यसअघि पुस २७ गते बूढानीलकण्ठमै सभापति देउवा, वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल भएको थियो।
पौडेल पक्षले महाधिवेशन कार्यतालिका सच्याउनुपर्ने, तत्काल विभागको संख्या बढाउन नहुने र भातृ संगठनहरुको विवाद चाँडो टुंगो लगाउनुपर्ने लगायतका माग राख्दै आएका छन्।