चितवन, माघ ९ । विवाह मेला (वेडिङ एक्सपो) बिहीवार देखि सुरुभएको छ। विवाह व्यवस्थापन सहज बनाउने उद्देश्यका साथ नेपालमै पहिलोपटक चितवनमा विवाह मेला आयोजना गरिएको हो। दाताज इभेन्ट्सको आयोजनामा विवाह मेला प्रदर्शनी मैदान, नारायणी नदी किनारमा आयोजना गरिएको छ।

विवाह सम्बन्धि आवश्यक सबै सामग्रीहरुको ५० भन्दा बढी स्टल रहेको छन्। ११ गते सम्म चल्ने एक्सपोमा विवाहका लागि आवश्यक पर्ने कार्ड, व्युटिसियन,डिजे तथा कालाकार, क्याटरिङ तथा टेन्ट, सवारी साधन, लाइट, इभेन्ट आयोजक, फोटो तथा भिडियोग्राफी, बाजा, बुटिक, मिठाई तथा केक, बग्गी, फूल सजावटदेखि सुन, चाँदीसम्मका स्टलहरु राखिएको छ। मेलामा प्रवेशका लागि निःशुल्क व्यवस्था गरिएको छ।
