काठमाण्डौं, माघ ३ । साविक विजेता त्रिभुवन आर्मी क्लबले पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष भलिबल क्लब च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ विजयी सुरुवात गरेको छ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार आरजी ग्रुपलाई ३-० को सेटमा पराजित गर्दै आर्मीले सुखद सुरुवात गरेको हो।
आर्मीले आरजी ग्रुपलाई २५-९, २५-१६ र २५-९ ले पराजित गर्यो।
जितसँगै आर्मीले क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। आर्मीले पहिलो खेलमा २ अंक जोडेको छ।
पुरुषतर्फको दोस्रो खेलमा समूह ुबीु मा रहेको एपीएफले आजै बुलबुले रारा क्लबसँग खेल्नेछ।
प्रतियोगितामा पुरुषतर्फ ११ टिमको सहभागिता रहेको छ। सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। चार समूहको शीर्ष २ टोली क्वाटरफाइनलमा स्थान बनाउने छन्।
महिलातर्फ आज न्यू डायमण्ड क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।
महिलातर्फ ७ टिमको सहभागिता रहेको छ।
माघ १० गतेसम्म चल्ने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन्। यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन्।
महिला र पुरुषको सर्वोकृष्ट खेलाडीले २५/२५ हजार पाउने छन्। यस्तै उत्कृष्ट स्पाइकर, लिब्रो, सरभर,बल्कर, लिफ्टर र प्रशिक्षकले जनही १०/१० हजार पाउने छन्।