चितवन, पुस २३ । भरतपुर ४ धर्मचोकमा रहेको धर्मचोक स्पोट्स् क्लबले शुक्रबार र शनिबार दुईदिने खुला ब्याटमिन्टन प्रतियोगिता आयोजना गर्दैछ। क्लबकै कबर्ड हलमा हुने खेलमा करिब ५० जनाको समूहले सहभागीता जनाउने आयोजकले दाबी गरेको छ।
कार्यक्रम संयोजक बिजय सापकोटाका अनुसार गतवर्षबाट सुरू गरिएको प्रतियोगितालाई निरन्तरता दिँदै यसपटक दोस्रो संस्करणको प्रतियोगिता आयोजना गर्न लागेको हो। खेलकुदको विकासका लागि पनि प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ।
पहिलो संस्करणमा ४५ समूह सहभागी भएका थिए। खेल सम्पन्न गर्न करिब पाँच लाख रूपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ। दुई/दुई जनाको समूहमा खेलिने खेलमा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः खुलातर्फ ३५ हजार, २० हजार र १० हजार तथा भेट्रान्सतर्फ २० हजार, १० हजार र पाँच हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्ने क्लबका कोषाध्यक्ष राजेन राईले जानकारी दिए।
गतवर्ष पहिलो संस्करणमा भन्दा दोस्रो संस्करणमा पुरस्कार राशी वृद्धि गरिएको उनको भनाइ छ। दुई हजार रूपैयाँ दर्ता शुल्क तोकिएको खेलमा सहभागी हुने समूहले आज साँझसम्ममा समूह दर्ता गराउन सकिने व्यवस्था गरिएको उनले बताए।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











