काठमाण्डौं, पुस १९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले केन्द्रीय कमिटीको एकता टुंगो लगाएको छ।
पार्टीको विद्यार्थी संगठनका इन्चार्ज हिमतमान शाक्य र सह इन्चार्ज बिनोद ढकालको उपस्थितिमा हिजो बेलुकी अबेरसम्म बसेको बैठकले ३३५ सदस्यीय केन्द्रीय कमिटी रहने गरी संगठनको एकता टुंग्याएको हो।
जसमा तत्कालीन अनेरास्ववियुबाट १८० र अनेरास्ववियू (क्रान्तिकारी) बाट १५५ जना रहेका छन्। केन्द्रीय कमिटीमा १ सय ११ सदस्यीय सचिवालय र ४५ सदस्यीय स्थायी कमिटी गठन गर्ने निर्णय भएको अनेरास्ववियुले विज्ञप्तीमार्फत जनाएको छ।
संगठनमा अनुशासन, लेखा र निर्वाचन आयोग गरी तीन वटा केन्द्रीय निकाय रहनेछन्। प्रत्येक आयोग अध्यक्ष र सचिवसहित २१ सदस्यीय हुने विज्ञप्तिमा उल्लेख छ।
Facebook Comments