काठमाडौं, पुष,१६ ।
सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ। बुधबार भएको खेलमा संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै पुलिसले लिगमा दोस्रो जित निकालेको हो।
एन्फा कम्प्लेक्स सातदोबाटोमा पुलिसलाई जित दिलाउन दुवै गोल सुमन लामाले गरे। संकटाका अमित तामाङले एक गोल फर्काए । खेलको १५ औं मिनेटमा सुमनले गोल गर्दै पुलिसलाई अग्रता दिलाए। सुमनको प्रहार अमितलाई लाग्दै गोल भएको थियो।
त्यसको केहि मिनेट पछि संकटा खेलमा फर्कियो। खेलको १८ औं मिनेटमा अमितले नै पेनाल्टीमा गोल गर्दै संकटालाई खेलमा फर्काए। पुलिसका डिफेन्डरले डिबक्स भित्र ह्याण्ड गरेपछी संकटाले पेनाल्टी पाएको थियो।
तर, खेलको ३३ औं मिनेटमा सौजन राईको पासमा सुमनले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २-१ को जित दिलाए।
खेलमा सुमन म्यान अफ दि म्याच चुनिए। जितसँगै पुलिसले ४ खेलमा ७ अंक जोडेको छ। र, पुलिस लिगको पाँचौ स्थानमा उक्लिएको छ।
संकटाले ४ खेलमा ४ अंक जोडेको छ। संकटाको यो दोस्रो हार हो। संकटा लिगको दशौँ स्थानमा छ।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











