सांकेतिक तस्बिर
वीरगञ्ज,पुस, १६।
बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ। जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुवास्थित एनसेलको टावरमा आगजनी भएको हो।
गए राति करिब १२ बजेको समयमा टावरमा आगो लागेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए। आगलागिबाट टावरमा आशिंक रुपमा क्षति पुगेको पुरीले बताए।
टावरमा कसले आगजनी गरेको हो भन्ने बारे प्रहरीले थप अनुसन्धान गरिरहेको पुरीको भनाई छ। उक्त टावर सशस्त्र औद्योगिक सुरक्षा गुल्म भन्दा करिब ३०० मिटर पूर्वमा रहेको छ।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











