रसुवा, २९ साउन। पार्टीभित्रको अन्तरद्वन्द्वका कारण देखाउँदै साझा पार्टी रसुवाका संयोजक प्रेम पौडेलले पदबाट राजिनामा दिएका छन्। पार्टी फुटेपछि असन्तुष्टि जनाउँदै आएका पौडेलले बुधबार प्रदेश संयोजक समीक्षा बाँस्कोटालाई राजिनामा बुझाएका हुन्।
पार्टीमा लोकतान्त्रिक अभ्यास नभएकै कारण पार्टीमा अन्तरद्वन्द्व बढ्दै गएपछि आफू पार्टीमा बस्नुको औचित्य नरहेको भन्दै राजिनामा बुझाएको उनले बताए। पार्टी जुट्ने र फुट्ने भइरहँदा संगठनलाई बलियो बनाउनै समस्या हुने गरेको उनले बताए।
Facebook Comments


























