काठमाडौँ, ०१ असार। नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। पेट्रोल, डिजेल र मट्टितेलमा साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रूपैयाँ घटाएको हो।
निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा साविकको मूल्य समायोजन गरेको निगमका निर्देशक एवम् प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। समायोजित मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १०८ रूपैयाँ तथा डिजेल र मट्टितेल ९६ रुपैयाँ ५० पैसा कायम गरिएको छ। हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।
Facebook Comments