चितवन, ०१ असार। चितवनको दुई छुट्टाछुट्टै स्थानमा आइतबार दुुईवटा शव फेला परेको छ। भरतपुर महानगरपालिका ४ बेलचोकका अन्दाजी ८० वर्षीय वृद्ध रामप्रसाद तिवारी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। तिवारीको शव भरतपुर अस्पतालको सव गृहमा राखिएको छ।
आइतबारै कालिका नगरपालिका ८ निउरेनीमा सोही स्थानका ३० वर्षीय दुर्गाबहादुर चेपाङको शव फेला परेको प्रहरीले जनाएको छ। दिनभरी काम गरेर साँझ रक्सी पिएका कारण ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ।
Facebook Comments