चितवन, १५ जेठ। पृथ्वी राजमार्ग १४ दिन बन्द हुने भएको छ। चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिज निर्माण अन्तिम चरणमा पुगेकोले उक्त पुलको दुवैतर्फको पर्खालको सतक काटेर टेवा पर्खाल लगाउनुपर्ने भएकोले पुलबाट हुने यातायातलाई बन्द गर्न लागेको आयोजनाले जनाएको छ।
आयोजनाले दिएको जानकारी अनुसार यही बिहीबारदेखि १४ दिनसम्म मुग्लिन सडकखण्ड बन्द हुनेछ। पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर २ का अनुसार जेठ १६ गतेदेखि ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म सडक बन्द गरिने छ।
Facebook Comments


























