काठमाडौं, ०७ जेठ। सामाजिक सञ्जालको दुरूपयोग गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अमर्यादित तथा धम्किपूर्ण कमेन्ट गरेको अभियोगमा सिन्धुपाल्चोक, लिसाँखु गाउँपालिका–२ घर भई हाल काठमाडौं, बानेश्वर बस्दै आएका ३४ वर्षीय लालबहादुर तामाङलाई सोमबार बानेश्वरबाटै पक्राउ गरेको हो। तामाङले सामाजिक सञ्जालमा ‘५० लाख दिनुस् ओलीलाई मारिदिन्छु’ भनी धम्कीपूर्ण कमेन्ट गरेको खुल्न आएकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सामाजिक सञ्जाल फेसबुकको दुरूपयोग गरि नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरि नेपाली खबर अनलाईनमा ‘पचास करोड दिनुस् म मोदीलाई मारिदिन्छु’ भन्ने शीर्षकमा प्रकाशित समाचारमा ‘सलिम योन्जन तामाङ भाइ’ नामक फेसबुक आइडीबाट तामाङले उक्त कमेन्ट गरेको खुल्नमा आएको काठमाडौँ प्रहरीले जनाएको छ।
सामाजिक सञ्जालमा उक्त कमेन्ट सम्प्रेषण गरी जनमानसमा भ्रम तथा त्रास फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा तामाङलाई पक्राउ गरि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको महाशाखाले जनाएको छ।
















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)









