चितवन । नारायणगढस्थित इन्द्रदेव मार्गमा सञ्चालित एम थ्री मोवाइल हाउसका सञ्चालक दीपेन्द्र खड्का अवैध मोवाइलसहित पक्राउ परेका छन्। भरतपुर तथा नारायणगढ बजारमा भन्सार छली गरी ल्याएको अवैध मोबाइल सेट बिक्री वितरण गरेको आरोपमा बुधबार साँझ करिब ७ बजे ४० थान अवैध मोवाइल सेटसहित पक्राउ परेका हुन्।
मोबाइल हाउसमा रितपूर्वक खानतलासी गर्दा भन्सार छली गरी ल्याएको आइफोन, सामसङ, रियलमीलगायतका ४० थान अवैध मोवाइल सेट फेला पारेपछि नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ। मोवाइल हाउसका सञ्चालक भरतपुर–६ बस्ने ३५ वर्षीय खड्कालाई आवश्यक कारवाहीको लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।
Facebook Comments

























