चितवन । चितवन प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गरी चितवन जिल्ला अदालतमा बुझाएको छ। लागूऔषध कसुरमा ६ वर्ष १० महिना कैद र ७० हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका भरतपुर–२४ का पदमबहादुर तामाङ र सवारी ज्यान मुद्दाका दुई वर्ष ११ महिना तीन दिन कैद भुक्तान गर्न बाँकी रहेका भरतपुर–२८ का हरिप्रसाद काफ्लेलाई पक्राउ गरी बुधबार चितवन जिल्ला अदालतमा उपस्थित गराएको हो।
चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार कैद सजाय फैसला भए पनि दुवै जना फरार थिए। दुवैजनालाई चितवन प्रहरीले मंगलबार पक्राउ गरेको थियो।
Facebook Comments


























