चितवन । अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन् गरेको भन्दै चितवन प्रहरीले उत्खननमा प्रयोग हुने सवारीसाधासँगै ४३५ ट्याक्टर नदीजन्य पदार्थ नियन्त्रणमा लिएको छ। प्राकृतिक स्रोतको दोहन गरेको भन्दै एक थान जसिबी, छ थान टिपर, पाँच थान ट्याक्टर र अवैधरुपमा डम्पिङ गरी राखेको ४३५ ट्याक्टर नदिजन्य पदार्थ मंगलबार नियन्त्रणमा लिइएको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।
एक ठाउँमा २२५ ट्याक्टर र अर्को ठाउँमा २१० ट्याक्टर अवैध नदीजन्य पदार्थ ल्याएको अवस्थामा रत्ननगर ३ बाट नियन्त्रणमा लिइएको उनले बताए। उनका अनुसार ना ५ त ७०१३, ना ६ त ९६६० र प्रदेश २ -०३-००१ त २६२२ नं.को ट्याक्टर नियन्त्रणमा लिइएको हो। यसअघि सोमबार पनि अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गरेका जेसिबी १ थान, टिपर छ थान, ट्याक्टर दुई थान र अवैधरुपमा डम्पिङ गरी राखेको २१० ट्याक्टर नदीजन्य पदार्थ नियन्त्रणमा लिइएको थियो।


























