काठमाडौँ, ०२ जेठ। इञ्जिनीयरकै शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली हुन्छ भन्दा जोकसैलाई पनि पत्याउन गाह्रै होला। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने इन्जिनीयरकै शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको फेला पारेको छ।
मोरङ, बूढीगङ्गा गाउँपालिकाको कार्यालय हात्तीमुढाका इञ्जिनीयर चन्द्रनारायण चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको आयोगले आरोप लगाएको छ। आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार इञ्जिनीयर चौधरीको प्रवेशिका तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको हो।
सोही प्रमाणपत्रसमेत पेश गरी सरकारी सेवामा प्रवेश गरेको तथा बढुवासमेत भएको पाइएको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ। आयोगले बिहीबार आरोपी चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। -रासस
Facebook Comments


























