डोल्पा, २४ बैशाख। हिमाली जिल्ला डोल्पामा दुलर्भ वन्यजन्तु रातोहाब्रे (रेडपाण्डा)को छालासहित एक जना पक्राउ परेका छन्। मुड्केचुला गाउँपालिका वडा नं ३ कालिका बस्ने जगबहादुर थापालाई प्रहरी चौकी त्रिपुराकोटले मंगलबार रेडपाण्डाको छालासहित पक्राउ गरेको हो। थापालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पुर्याइएको छ ।
Facebook Comments