जुबा, २४ वैशाख। दक्षिणी सुडानमा भएको आगलागीमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ।
देशको लोल क्षेत्रमा पर्ने कोर्कोमा भएको आगलागीमा परी अरू ६८ जना घाइते भएको अधिकारीहरूले जनाएका छन्। आगलागी गत आइतबार राति भएको अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन्।
सूचना, युवा र संस्कृतिमन्त्री मिचेल माथोक वालले दिएको जानकारीअनुसार आगलागीका कारण १३८ वटा घरमा क्षति पुगेको छ । त्यसैगरी दश हजारभन्दा बढी जनावर पनि मरेको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा
Facebook Comments