काठमाडौँ, बैशाख २३। सिद्घार्थ बैंकले आइतबारबाट फर्पिङबाट पनि सेवा सुरू गरेको छ। आइतबार दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले फर्पिङ शाखाको उद्घाटन गर्नुभयो। सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर चारवटा एक्स्टेन्सन काउन्टरसहित १५३ वटा शाखा, १०० शाखारहित बैंकिङ्ग सेवा, १६१ एटिएम सेवा र एक हजार ३०० भन्दा बढी पिओएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Facebook Comments