चितवन । भरतपुरस्थित मनकामना अस्पतालले निःशुल्क स्वास्थ्य परीक्षण गराउँदै छ। आज मंगलबार पेट, छाती, मुटु, मधुमेह र थाइराइड रोग विशेषज्ञ कन्सल्ट्यान्ट फिजिसियनद्वार निःशुल्क स्वास्थ्य परीक्षण गराउन लागेको अस्पतालले जनाएको छ। बिहान ८ देखि साँझ ५ बजेसम्म निःशुल्क परीक्षण गराइनेछ।
साथै प्रयोगशाला परीक्षणमा समेत २५ प्रतिशत छूट हुने अस्पतलाले जनाएको छ। अस्पतालले समयसमयमा सामाजिक उत्तरदायित्व वहन गर्दै निःशुल्क स्वास्थ्य परीक्षण तथा विभिन्न खालका स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएको छ।

Facebook Comments


























