एजेन्सी । ओन्लीफ्यानकी २८ वर्षीया एक मोडलले दुई वर्षमा आफ्नो काखीको रौँ देखाएरै तीन लाख पाउण्ड (करिब ४ करोड ७० लाख रुपैयाँ) कमाएको दाबी गरेकी छन्। तर आर्थिक स्थिति बलियो भए पनि यही कारणले आफ्नो यौन जीवन भने ध्वस्त पारेको उनको भनाइ छ। ओन्लीफ्यान लण्डनस्थित इन्टरनेट सामग्री सदस्यता सेवा हो। कन्टेन्ट निर्माताहरुले आफ्नो सामग्रीको सदस्यता लिने प्रयोगकर्ताहरुबाट पैसा कमाउन सक्छन्। फेनेला फक्सले सन् २०१७ देखि आफ्नो काखीको रौँ खौरन बन्द गरिन्।
केही पुरुषले काखीको रौँ ननिकाल्ने उनको निर्णयको समर्थन गरेका छन् भने कतिले उनलाई ‘फोहोरी’को संज्ञा दिएका छन्। पछिल्लो पाँच वर्षमा आफूले दुईपटक मात्रै यौन सम्बन्ध स्थापित गरेको उनले बताएकी छिन्। ‘सेभ गर्न छोडेपछि मेरो एकजनासँग सम्बन्ध स्थापित भयो। ती पुरुषले मेरो काखीको रौँमा चुम्बन गरे र मेरो महिला सशक्तिकरण मनपरेको बताएका थिए,’ उनले भनिन्, ‘उनको यो शब्दले मलाई निकै सम्मान मिलेको महसुस भयो। त्यो अनुभव असाध्यै अप्रत्याशित थियो।’
आफूले भेटेका पुरुषहरुले ‘उदेकलाग्दो, फोहोरी र अल्छी’को संज्ञा दिएको पनि उनले बताएकी छन्। ‘म आफ्नो काखीको रौँमा निकै खुसी छु। अहिले मलाई यो खासै धेरै जस्तो पनि लाग्दैन तर यसले मलाई बढी सेक्सी भएको महसुस गराउँछ,’ उनले भनेकी छन्, ‘आफ्नो काखीलाई सार्वजनिक स्थानमा माथि उठाउँदा मलाई गौरव महसुस हुन्छ, विशेषगरी त्यतिबेला जब मजस्तै सोच्ने मानिस मेरा वरिपरि हुन्छन्।’ ठूलो स्तन भएका कारण उनलाई स्कूलमा धेरैले घुरेर हेर्ने गरेको फेनेला बताउँछिन्।
उनले सन् २०१४ मा क्याम गर्लको रुपमा काम गर्न थालिन्। यहाँ उनले पुरुषलाई देखाउन त सक्थिन् तर कसैले पनि उनलाई छुन सक्दैनथे। त्यसपछि उनले ओन्लीफ्यान जोइन गरिन्। उनका परिवार उनको करियरमा निकै सहयोगी भएको पनि उनले बताइन्। ‘म आफ्नो शरीरमा अति नै आत्मविश्वासी छु। यसका लागि मेरो कामलाई पनि धन्यवाद दिन चाहन्छु। यदि म नग्न हुने अवसर पाएँ भने म त्यो सहर्ष स्वीकार्ने छु,’ उनले थपिन्, ‘मलाई नग्न हुन मनपर्छ, न्युडिस्ट एरियामा जान, न्युडिस्ट कार्यक्रममा सहभागी हुन र न्युड फोटोसुट गर्न। हामी सबै नग्न हुन सहज भयौँ भने संसार निकै उत्कृष्ट स्थान हुने थियो भन्ने कुरामा म विश्वास गर्छु।’
उनले अरु महिलालाई पनि आफ्नो शरीरको प्राकृतिक रौँमा सहज हुन आग्रह गरेकी छिन्। ‘पुरुषलाई चाहिँ सेभ गर्नु नपर्ने तर महिलाले गर्नुपर्ने? यो कुरामा मलाई उदेक लाग्छ,’ उनले भनिन्।