चितवन २५ चैत । थारु पत्रकार संघ चितवनले नयाँ वर्ष २०७९ को भित्ते पात्रो विमोचन गरेको छ। थारु पत्रकार संघ नेपालको संघीय महाधिवेशनको उद्घाटन समारोहमा नवलपुरको अमलटारी होमस्टेमा शुक्रबार विमोचन गरिएको हो। थारु आयोगका अध्यक्ष विष्णु चौधरी, थारु पत्रकार संघ नेपालका अध्यक्ष सन्तोष दहित, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, थारु कल्याणकारिणी सभा काठमाडौँ उपत्यका सभापति सुमन चौधरी र थारु पत्रकार संघका सल्लाहकार कृष्णराज सर्वाहरीले संयुक्त रुपमा भित्ते पात्रो विमोचन गरेका हुन्।
थारु पत्रकार संघ नेपाल चितवनका अध्यक्ष दिपेश चौधरीका अनुसार चितवन जिल्लामा संघको नयाँ नेतृत्व चयन भइसकेपछि पहिलो कार्यक्रम नै भित्ते पात्रो विमोचन गरिएको हो। ‘हामीले नयाँ थारु पत्रकार संघ चितवनबाट पहिलोपटक भित्ते पात्रो विमोचन गरेका हौँ,’ उनले भने। आगामी वर्ष पनि यस कार्यलाई निरन्तरता दिँदै जाने उनले बताए। भित्ते पात्रोमा थारु पत्रकार संघको गतिविधिसहितका झलकसमेत समेटिएका छन्।


























