चैत्र ९ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको आफ्नो तेस्रो सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम आज बुधबार स्वदेश फर्किदै छ।
यूएईमा ४ खेलको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेर नेपाल स्वदेश फर्किन लागेको हो। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाली टोली साँझ ७ बजेर १० मिनेटमा अवतरण हुने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी गराएको छ।
सिरिजमा नेपालले ४ खेल खेल्दै २ खेलमा जित निकालेको थियो भने २ खेलमा पराजित भएको थियो। नेपालले पीएनजीलाई पहिलो खेलमा २ विकेट तथा अन्तिम खेलमा ७ विकेटले पराजित गरेको थियो।
घरेलु टोली यूएईसँग भने नेपालले कमजोर ब्याटिङको करण दुवै खेलमा पराजित भएको थियो। लिग टु मा नेपाल १२ खेल खेलेको छ। १२ खेलमा नेपालले ६ मा जित निकाल्दै १२ अंक जोड्दै तालिकाको छैठौं स्थानमा रहेको छ।
Facebook Comments


























