चैत्र ९ । काजकिस्तानका भारोत्तोलन खेलाडी निजात रहिमोभले २०१६ को रियो ओलम्पिकमा जितेको स्वर्ण पदक खोसिएको छ।
डोपिङमा असफल भएपछि रहिमोभको स्वर्ण पदक खोसिएको हो। यस्तै उनलाई आठ वर्षको प्रतिबन्ध लगाईएको छ।
उनको २०१६ को मार्च १५ पछिका सबै नतिजाहरु समेत रद्द गरिएको छ। २०१५ को विश्व च्याम्पियन रहिमोभलाई २०१३ मा पनि दुई वर्षको प्रतिबन्ध गरिएको थियो। रियो ओलम्पिकमा उनले ७७ केजी तौल समूहमा स्वर्ण जितेका थिए।
Facebook Comments


























