काठमाडौं, चैत्र २ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तीर निर्वाचन चिह्न पाएको छ।
गाई निर्वाचन चिह्न दावी गरिरहेको थापा नेतृत्वको पार्टीले उक्त चिह्न नपाउने आयोगको भनाइपछि भएकामध्ये तीर रोजेको हो। पार्टी अध्यक्ष थापाले आज जिल्ला अध्यक्षसँग भएको भर्चुअल साक्षात्मकारमा उक्त कुरा जानकारी गराएका हुन्।
उनले आफूहरुले मागेको निर्वाचन चिह्न पाउन नसकेको र आयोगमा उपलव्ध भएकोमध्ये तीर रोजेको जानकारी पार्टीमा गराएका छन्।
Facebook Comments


























