चैत्र २ । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ।
अन्तिम १६ अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग १-० ले पराजित भएपछि समग्रमा २-१ को हार व्यहोर्दै युनाईटेड बाहिरिएको हो।
स्पेनमा भएको पहिलो लेगमा युनाईटेड र एट्लेटिकोले १-१ गोलको बराबरी खेलेका थिए। तर, घरेलु लेगमा युनाईटेड पराजित भयो। ओल्ड ट्राफोर्डमा एट्लेटिकोलाई जित दिलाउन रेनान लोडीले निर्णायक गोल गरे। उनले एन्टोनियो ग्रीजम्यानको पासमा ४१ औं मिनेटमा गोल गरेका थिए।
यस जितसँगै एट्लेटिको च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ। पोर्चुगिज क्लब बेन्फिका पनि अन्तिम आठमा प्रवेश गरेको छ। अन्तिम १६ को दोस्रो लेगमा आयाक्सलाई १-० ले हराउँदै बेन्फिकाले समग्रमा ३-२ को जित निकाल्यो।
Facebook Comments


























