काठमाडौं, फागुन ३० । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। आइतबारदेखि सुरु भएको बैठक काठमाडौको डिल्ली बजारको एक पार्टी प्यालेसमा जारी छ।
आइतबारदेखि सुरु भएको बैठक सकेर स्थानीय निर्वाचनमा जुट्ने केन्द्रीय सदस्य राजेन्द्र विद्रोहीले बताए। जसपाको समेत आत्मसम्मान हुने गरी चार दलीय मोर्चा बनाउन नेताहरुले सुझाव दिएका छन्।
‘आइतबारदेखि सुरु भएको बैठक आज सक्ने तयारी छ। आजै बैठक सकेर स्थानीय निर्वाचनमा जुट्ने भन्ने छ,’ विद्रोहीले भने, ‘आज केन्द्रीय सदस्यहरुको धारणा सुनेपछि अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जवाफ दिने भनिएको छ।’
बैठकमा स्थानीयतह निर्वाचन, समसामायिक अवस्था, संगठानिक संरचना, विधान अधिवेशन र विविधि विषय भनेर पाँच अजेण्ड तय गरिएको छ।
Facebook Comments


























