फागुन २९ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले ब्राइटनलाई २-० ले पराजित गर्दै पुनः म्यानचेस्टर सिटीसँगको अग्रता घटाएको छ।
शनिबार साँझ भएको खेलमा लिभरपुलले ब्राइटनलाई सहज रुपमा पराजित गर्दै महत्वपूर्ण तीन अंक हासिल गर्यो। जितसँगै लिभरपुलले सिटीसँगको अंक दुरी पुनस् तीन अंकमा घटाउन सफल भयो।
लिभरपुलले खेलमा १९ औं मिनेटमा नै लुइस डियाजको गोलमार्फत खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा १-० को अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा अग्रता दोब्बर पारेको थियो।
इजिप्टसियन स्टार मोहमद्द सलाहले ६१ औं मिनेटमा अग्रता दोब्बर बनाएका थिए। उनले पेनल्टीमार्फत टिमका लागि दोस्रो गोल गरे। ब्राइटनले भने आफ्नो खराब प्रदर्शन जारी राख्यो।
ब्राइटनले १२ फेब्रुअरीमा वार्टफोर्डलाई २-० ले पराजित गरेयताका लगातार पाँच खेलमा पराजित भएको छ। लिगमा जितपछि लिभरपुलको ६६ अंक भएको छ। शीर्ष स्थानको सिटीको ६९ अंक रहेको छ। पराजित ब्राइटेन ३३ अंकका साथमा १३ औं स्थानमा रहेको छ।


























