फागुन २५ । इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगमा इटालियन क्लब इन्टर मिलानसँग १-० ले पराजित भएपनि लिभरपुल क्वाटरफाइनलमा पुगेको हो।
पहिलो लेगमा निकालेको २-० को जितको कारण लिभरपुल समग्रमा २-१ ले विजयी हुँदै अन्तिम आठमा पुगेको हो। एनफिल्डमा भएको दोस्रो लेगमा इन्टरलाई जित दिलाउन लाउटरो मार्टिनेजले निर्णायक गोल गरे।
उनले ६१ औं मिनेटमा गोल गरेका थिए। यस्तै ६३ औं मिनेटमा एलेक्सिस सान्चेजले दुई पहेलो कार्डसहित रातो कार्ड पाउँदा इन्टर १० खेलाडीमा समेटिएको थियो।
Facebook Comments


























