काठमाडौं, फागुन २० । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले नेपालमा अमेरिकी आर्थिक सहयोग कार्यक्रम (एमसीसी) प्रति चीन मात्र नभई भारतसमेत सशंकित रहेको बताएका छन्।
एमसीसी खारेजीको माग गर्दै ६ दलीय मोर्चाले शुक्रवार काठमाडौंमा आयोजना गरिएको सभामा नेता वैद्यले एमसीसी चीनविरुद्ध नाकाबन्दीका लागि ल्याइएको दाबी गरेका हुन्।
‘एमसीसी चीनविरुद्ध नाकाबन्दी गर्न ल्याइएको हो, त्यसैले चीनले चासो प्रकट गरिरहेको छ। चीन मात्र होइन यो भारतका विरुद्ध पनि परिलक्षित छ, त्यसैले भारतीयहरू पनि खुशी छैनन्, सशंकित छन्,’ वैद्यले भने।
वैद्यले एमसीसी खारेजीको लागि आफूहरूको आन्दोलन जारी रहने उनले बताए। सभालाई नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतले सम्बोधन गर्दैछन्।
Facebook Comments


























