फागुन, २० । अफगान कार्यवाहक सरकारका उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादारले अफगान लगानीकर्ताहरूलाई स्वदेश फर्कन आह्वान गरेका छन्।
उनले बिहीबार काबुलमा आयोजित अफगानिस्तान राष्ट्रिय निजी क्षेत्र सम्मेलनमा उक्त टिप्पणी गनुर्् भएको सरकारले एक विज्ञप्तिमार्फत जनाएको छ।
“बरादारले विदेशमा रहेका अफगान लगानीकर्ताहरूलाई स्वदेश फर्केर यहाँ लगानी गर्न आह्वान गर्नु भएको जनाइएको छ। लगानीकर्ता र उनीहरूको सम्पत्तिको सुरक्षाको प्रत्याभूति हुनेछ,’ विज्ञप्तिमा भनिएको छ।‘अन्तर्राष्ट्रिय नाकाबन्दीहरु दिनप्रतिदिन खुकुलो हुँदै गइरहेको छ र उद्योग, व्यापार र लगानीमा थप सुविधा दिने प्रयास भइरहेको छ, आर्थिक अवस्था सुधार्ने प्रयास भइरहेको छ’, बरादारले भनेका छन्।
मंगलबार, विश्व बैंकको सञ्चालक समितिले अफगानिस्तान पुनर्निर्माण ट्रस्ट कोषको १ अर्ब अमेरिकी डलर स्थिर नराख्र्ने निर्णय गरेको छ। गत अगस्ट १५, २०२१ मा तालिबानले कब्जा गरेपछि सो रकम फ्रिज गरिएको दा अफगानिस्तान बैंक (डिएबी) ले जनाएको छ।
डिएबीले विश्व बैंकको यो कदमलाई सद्भावनाको रुपमा स्वागत गर्दै विश्व वित्तीय संस्थासँग थप सहकार्यका लागि आह्वान गरेको छ। रासस


























