फागुन १८ । अमेरिकाले पनि आफ्नो आकासमाथि रुसी जहाजमा प्रतिबन्ध लगाएको छ। कांग्रेसमा सम्बोधन गर्ने क्रममा राष्ट्रपति जो बाइडेनले अमेरिकाले रुसी जहाजलाई आफ्नो आकाशमा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन्।
यसअघि अमेरिका कै जहाज निर्माता कम्पनी बोइङले रुसी एअरलाइन्सहरुलाई कलपुर्जा बिक्री, मर्मतसम्भार र प्राविधिक सहयोग उपलब्ध नगराउने घोषणा गरिसकेको छ।
यसअघि अमेरिकाको उत्तरी छिमेकी क्यानाडा र युरोपेली युनियनले पनि रुसी जहाजलाई उड्न नदिने घोषणा गरिसकेका छन्। युक्रेनमाथि आक्रमण गरेपछि रुसमाथि पश्चिमा मुलुकहरुले नाकाबन्दी र प्रतिबन्ध लगाउने क्रम जारी रहेको अवस्थामा बाइडेनले पछिल्लो घोषणा गरेका हुन्।
गत सोमबार मात्रै क्यानाडाले रुसबाट कच्चा तेलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो। एजेन्सी
Facebook Comments


























