फागुन १८ । कोपा इटालिया फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा एसी मिलान र इन्टर मिलानले बराबरी खेलेका छन्।
मंगलबार राति भएको मिलान डर्बी गोलरहित बराबरीमा सकिएको हो। प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पाएको मौकामा गोल निकाल्न सकेनन्। जसको कारण खेल गोलरहित बराबरीमा सकियो।
अब दुई टोलीबीचको दोस्रो लेग अप्रिल २० मा हुनेछ। खेल सान सिरोमा हुनेछ।
Facebook Comments


























