फागुन १८ । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले जित निकालेको छ।
मंगलबार राति भएको खेलमा लेस्टरले बर्नलीलाई २-० गोल अन्तरले हराएको हो। लेस्टरको जितमा जेम्स म्याडिसन र जेमी भार्डीले एक एक गोल गरे।
खेलको ८२ औं मिनेटमा म्याडिसनले गोल गर्दै लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ९० औं मिनेटमा भार्डीले गोल गर्दै लेस्टरलाई २-० को जित दिलाए।
जितसँगै लेस्टरले २४ खेलमा ३० अंक जोडेको छ। लेस्टर १२ औं स्थानमा रहेको छ। बर्नली २१ अंक जोडेर १८ औं स्थानमा रहेको छ।
Facebook Comments


























