फागुन १७ । प्रिमियर लिग क्लब लिड्स युनाईटेडले जेसी मार्सलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
लिड्सले आरबी लाइपजिगका पूर्व प्रशिक्षक मार्सलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो। ४८ वर्षीय मार्सले लिड्ससँग तीन वर्षको सम्झौता गरेका छन्।
लिड्सले आइतबार मुख्य प्रशिक्षक मार्सेलो बिएल्सालाई बर्खास्त गरेको थियो। यस सिजन क्लबले खराब प्रदर्शन जारी राखेपछि लिड्सले बिएल्सालाई बर्खास्त गरेको हो।
६६ वर्षीय प्रशिक्षक २०१८ मा लिड्सको मुख्य प्रशिक्षक नियुक्त भएका थिए। लिड्स यस सिजन २३ अंक जोडेर १६ औं स्थानमा रहेको छ।
Facebook Comments


























