फागुन १७ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रुसलाई अर्को सूचना नआएसम्मको लागि प्रतिबन्ध गरेको छ।
रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यवद्धता जनाउदै फिफा र यूईएफएले रुसमाथि प्रतिबन्ध गरेको हो। फिफा र युईएफएले रुसको राष्ट्रिय टिमसँगै सबै क्लबलाई समेत सबैखाले प्रतियोगितामा प्रतिबन्ध गरेको छ।
फिफाको प्रतिबन्धसँगै रुसले मार्चमा पोल्याण्डविरुद्ध हुने विश्वकप छनोट अन्तर्गत प्ले अफ खेल खेल्न पाउने छैनन्।
यस्तै रुसी क्लब मस्को युरोपा लिगबाट बाहिरिएको छ। फिफाले आइतबार मात्र रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गान बिना अन्तराष्ट्रिय फुटबल खेल्न निर्देशन दिएको थियो।
Facebook Comments


























