फागुन १३ । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा एमसीसी स्वीकार नगर्ने पार्टीको निर्णय कायमै रहेको बताएका छन्।
एमसीसी सम्झौतामा रहेका राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हिम प्रतिकूलका प्रावधानहरू संशोधन नगरी स्वीकार र पारित नगर्ने अडान कायमै रहेको उनले बताएका हुन्।
‘हाम्रो पार्टीले महाधिवेशनबाट र त्यसपछिका सबै छलफलहरूबाट एमसीसी सम्झौताका बारेमा निकालेको निष्कर्ष र लिएको निर्णय स्पष्ट छ, एमसीसी सम्झौता यसका राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता र हित प्रतिकूलका प्रावधानहरूलाई संशोधन नगरी यथास्थितिमा स्वीकार र पारित नगर्ने । हामी त्यसैमा कायम छौं,’ उनले ट्वीटरमा लेखेका छन्।
Facebook Comments


























