काठमाडौं, फागुन १३ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ।
अमेरिकन सहयोग सम्बन्धी सम्झौता एमसिसीका विषयमा पार्टीको धारणा तय गर्न कार्यकारिणी समितिको बैठक बस्न लागेको हो। नेताहरूका अनुसार मध्यान्न १२ बजे बैठक बने तय भएको छ।
एमसीसीलाई लिएर जसपा दुई धारमा छ। उपेन्द्र यादव पक्ष एमसीसीको विपक्षमा र डा।बाबुराम भट्टराई एमसीसीको पक्षमा छन्। यही कारण पार्टी फुटको समेत आशंका भइरहेका बेला कार्यकारिणी समितिको बैठक बस्न लागेको हो।
Facebook Comments


























