काठमाडौं, फागुन १२ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। संसद भवन नयाँ बानेश्वरमा देउवा र ओलीबीच छलफल भएको हो। आजको प्रतिनिधिसभा बैठक प्रधानमन्त्री देउवाकै आग्रहमा स्थगित भएको थियो।
संसदमा विचाराधीन एमसीसी सम्झौतालाई अनुमोदन गराउन प्रधानमन्त्री देउवाले नेकपा एमालेको साथ खोजेको छन्। सत्तारुढ गठबन्धनमा एमसीसीबारे सहमति नजुटेपछि प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षको साथ खोजेका हुन्। छलफलका लागि प्रधानमन्त्री देउवा ओलीकै कार्यकक्षमा पुगेका हुन्।
Facebook Comments


























