फागुन १२ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटको ग्लोबल छनोट ए अन्तर्गत तेस्रो स्थानको लागि नेपालले आज बिहीबार ओमानको सामना गर्दैछ।
ओमानको अल अमेरातमा नेपालले घरेलु टोलीको सामना गर्नेछ। नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ।सेमिफाइनलमा पराजित भएपछि अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकपमा पुग्न असफल नेपाल ओमानलाई हराएर तेस्रो स्थान हासिल गर्न चाहन्छ।
मंगलबार भएको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो। जसको कारण नेपालको विश्वकप सपना सकिएको थियो। ओमान पनि नेपाललाई हराएर तेस्रो स्थान हासिल गर्ने योजनामा छ। ओमान सेमिफाइनलमा आयरल्याण्डसँग पराजित भएको थियो।
छनोटको उपाधिका लागि युएई र आयरल्याण्ड भिड्ने छन्। फाइनल पुगेका युएई र आयरल्याण्ड अष्ट्रेलिया विश्वकपका लागि समेत छनोट भएका छन्।
Facebook Comments


























